काठमाडौं । केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। आइतबार दर्ता भएको रिटमाथि सोमबार सुनुवाइ हुने तय भएको छ।
जेनजी आन्दोलन दमनको आरोपमा पक्राउ परेका ओलीसँगै रमेश लेखकलाई पनि हिरासतमा राखिएको छ। नेकपा एमालेले उक्त गिरफ्तारीलाई गैरकानुनी र पूर्वाग्रही भन्दै राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने जनाएको छ। ओली हाल त्रिवि शिक्षण अस्पतालमा राखिएका छन्।





















प्रतिक्रिया