काठमाडौं। संघीय संसद् सचिवालयले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई आगामी जेठ १० भित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।
सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, सांसदले सो मितिभित्र कार्यालय समयभित्रै सांसद सुविधा व्यवस्थापन शाखामा सम्पत्ति विवरण दर्ता गराउनुपर्नेछ।
यो व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुनी प्रावधानअनुसार सार्वजनिक पदधारीले पद सम्हालेको ६० दिनभित्र आफ्नो तथा परिवारको सम्पत्तिको स्रोतसहित विवरण बुझाउनुपर्ने बाध्यतासँग सम्बन्धित हो।
नवनिर्वाचित सांसदले चैत १२ गते शपथ लिएकाले सो मितिदेखि ६० दिन पूरा हुने समयसीमा जेठ १० गते पर्ने हुँदा त्यसभित्रै विवरण बुझाउन भनिएको हो।





















प्रतिक्रिया