Logo

प्रमुख समाचार

सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदहरूसँग छलफल अघि बढाएका छन् ।

सोमबार (चैत १६) मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सबै दलका सांसदहरूसँग छलफलमा  जुटेको बालेनको सचिवालयले जनाएको छ ।

उनका सचिवालयकाअनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ ।

आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १३:२१   :  बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।