काठमाडौं । केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज तेस्रो दिन पनि विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ। पार्टीका शीर्ष नेताहरू स्वयं सडकमा उत्रिएपछि आन्दोलन थप तीव्र बनेको देखिएको छ।
आज बिहान माइतीघर मण्डला बाट सुरु भएको प्रदर्शन पार्टीका सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, राजन भट्टराई र महेश बस्नेत को नेतृत्वमा अघि बढेको हो। प्रदर्शनमा सहभागी हुन सचिव बस्नेतले बिहानै आह्वान गरेका थिए।
गत शनिबार गौरीबहादुर कार्की आयोग को प्रतिवेदनले दोषी देखाएको भन्दै ओलीलाई भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरिएको थियो। त्यसयता एमालेले निरन्तर आन्दोलन गर्दै आएको छ।
आन्दोलनकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता राईले सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएका छन्। उनले देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गर्दै युक्रेनजस्तो अवस्था सिर्जना गर्न खोजिएको आरोप समेत लगाए। अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी रहने उनले स्पष्ट पारे।
हाल बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन जारी रहेको छ।





















प्रतिक्रिया