Logo

अर्थ

अर्थ मन्त्रालयका ३० उपसचिवको एकैपटक सरुवा र पदस्थापन



काठमाडौं । अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरिएको छ ।

अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ ।

डा. स्वर्णिम वाग्ले मन्त्रीमा नियुक्त भएलगत्नै उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

  

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १६:१४   :  बजे

543
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।