Logo

राजनीति

प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन कार्यदल गठन



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदल गठन गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न कार्यदल गठन गरेको हो । शाह रास्वपाका पूर्वसांसद हुन् ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहको नेतृत्वमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन भएको जानकारी दिए ।

कार्यदलले नेपालको संविधानमा के-के संशोधन आवश्यक रहेको छ भन्ने पत्ता लगाएर प्रतिवेदन तयार पार्नेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १९:३८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।