राजविराज । सप्तरी प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। यसरी पक्राउ परेका प्रतिवादी जिल्लाको कञ्चनरूप नगरपालिका–३ बरमझियाका ३० वर्षीय त्रिभुवन सदा रहेको प्रहरीले जनाएको छ।
नायब उपरीक्षक डम्बरबहादुर पुरीक अनुसार २०८१ पुस २९ गते कञ्चनरूप नगरपालिका–६ स्थित पौडा खोलाअन्तर्गत कञ्चनपुर–फत्तेपुर सडकखण्डमा मोटरसाइकल र ट्याक्टर एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।
सो दुर्घटनामा डाक्नेश्वरी नगरपालिका–२ हरिरहा टोलका अन्दाजी २१ वर्षीय सुदिपकुमार चौधरीले चलाएको प्र.२–०१–११३ प.७७८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको को १ त ८७९४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि भारत बिहारको दरभंगा स्थित एक अस्पतालमा लगिएकोमा २०८१ चैत २ गते उपचारकै क्रममा मृत्यु भएको प्रनाउ पुरीले जानकारी दिनुभयो।
घटनापछि फरार रहेका ट्याक्टर चालक त्रिभुवन सदालाई सोमबार पक्राउ गरी सवारी ज्यान मुद्दामा थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो।


















प्रतिक्रिया