काठमाडौं ।इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा राजस्थानले चेन्नईलाई ८ विकेटले पराजित गरेको हो। राजस्थानको जितमा १५ वर्षीय वैभव सूर्यवंशीले अर्धशतकीय इनिङ खेले।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई १९.४ ओभरमा १ सय २७ रनमा समेटिएको थियो। उसका लागि जमाइ ओभरटनले ४३ रन बनाउनु सर्वाधिक रह्यो।
उनी बाहेक कार्तिक शर्माले १८ तथा सर्फराज खानले १७ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो। चेन्नईलाई सस्तैमा समेट्ने क्रममा राजस्थानका लागि जोफ्रा आर्चर, नन्द्रे बुर्गर र रविन्द्र जडेजाले समान २-२ विकेट लिए।
जवाफमा उक्त लक्ष्य राजस्थानले १२.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जितमा वैभव सूर्यवंशीले ५२ रन बनाउँदा यशस्सवी जैसवालले ३८ रनमा अविजित रहे।
त्यस्तै ध्रव जुरेल १८ रनमा आउट हुँदा कप्तान रियान परागले १४ रनको अविजित इनिङ खेले। प्रतियोगितामा आज पञ्जाव र गुजरात भिड्दै छन्। दुवैको यो पहिलो खेल हो।


















प्रतिक्रिया