Logo

सुरक्षा/अपराध

गोरु काटेको अभियोगमा पक्राउ



बाँके जिल्लाको नरैनापुर गाउँपालिका-१ मतनिया गाउँबाट गोरू काटेको अभियोगमा सोही गाउँपालिका-२ रोसनपुरुवा बस्ने ३७ वर्षीय सकिल सेक सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी सुईया र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई गोरुको मासु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  १ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।