Logo

प्रमुख समाचार

आज सर्वदलीय बैठक बस्दै



काठमाडौं ।संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ।

संसदमा प्रतिनिधित्व गरेका सबै दललाई आज अपराह्न १:०० बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते (भोलि) अपराह्न २:०० बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २:०० बजे हुँदैछ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ। प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ०७:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।