Logo

अर्थ

हवाई इन्धन महँगिँदा आन्तरिक उडान भाडा बढ्यो, काठमाडौं–धनगढीमा सबैभन्दा बढी वृद्धि



काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडादर पनि बढाइएको छ। नेपाल वायुसेवा सञ्चालक संघ ले बुधबारदेखि लागू हुने गरी फ्युल सरचार्ज समायोजन गर्दै नयाँ भाडा सार्वजनिक गरेको हो।

संघका अनुसार विभिन्न गन्तव्यमा फ्युल सरचार्ज १ हजार ६०० रुपैयाँदेखि ५ हजार ४८० रुपैयाँसम्म बढाइएको छ। काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी ५ हजार ४८० रुपैयाँ सरचार्ज वृद्धि गरिएको छ।

अन्य रुटमा काठमाडौं–सुर्खेतका लागि ४ हजार २८५ रुपैयाँ, काठमाडौं–नेपालगञ्जका लागि ४ हजार ४५ रुपैयाँ, काठमाडौं–भद्रपुरका लागि ३ हजार ७२५ रुपैयाँ, काठमाडौं–भैरहवा २ हजार ५५५ रुपैयाँ, काठमाडौं–विराटनगर २ हजार ९८० रुपैयाँ, काठमाडौं–पोखरा १ हजार ९७० रुपैयाँ र काठमाडौं–जनकपुर १ हजार ६०० रुपैयाँ सरचार्ज तोकिएको छ।

नयाँ व्यवस्थाअनुसार अब काठमाडौंबाट सञ्चालन हुने ट्रंक रुटका उडानमा न्यूनतम भाडा ३ हजार ३४४ रुपैयाँदेखि अधिकतम २३ हजार ५९ रुपैयाँसम्म पुग्ने भएको छ।

काठमाडौं–सिमरा रुटमा न्यूनतम भाडा कायम गरिएको छ भने काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी भाडा पर्ने भएको संघले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १९:१३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।