काठमाडौं । सिद्धार्थ बैंकले गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलालालाई सिलाइकटाइ मेसिन सहयोग गरेको छ ।
बैंकले आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले कैलाली र बाँके जिल्लाका ती समुदायका महिलालाई छुट्टाछुट्टै कार्यक्रम गरी मेसिन हस्तान्तरण गरेको हो ।
कैलालीमा पाँचजना र बाँकेमा १० जना गरी कुल १५ वटा सिलाइकटाइ मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । समुदायका महिलाहरूको जीवनस्तर उकास्ने तथा सिकेको सिपलाई व्यवहारमा उतार्न सहयोग पुर्याउने लक्ष्यसहित बैंकले यी मेसिन उपलब्ध गराएको हो ।
यो सहयोगले महिलाको आर्थिक पक्षमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै साना घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन दिएको बताइएको छ ।
सिलाइकटाइ सिपलाई व्यावसायिक रूपमा उपयोग गर्दै उनीहरूले लुगा सिलाउने, मर्मत गर्ने तथा अर्डरअनुसार काम गरी नियमित आम्दानी गर्ने वातावरण बन्ने अपेक्षा बैंकको छ ।
यसबाट परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । साथै, महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्दै आफ्नै घर तथा समुदायमै बसेर आम्दानी गर्ने अवसर सिर्जना गर्नेमा बैंकको विश्वास छ ।


















प्रतिक्रिया