काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार (चैत १९) बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।
नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ । उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो ।
‘मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो,’ ती चिकित्सकले भने, ‘ उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो ।’
चिकित्सकका अनुसार शाहको मुटु कमजोर भएपछि पेसमेकर शरीरमा राखिएको हो । ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । दुई तीन दिनमा डिस्चार्ज गर्न सकिन्छ,’ ती चिकित्सकले भने । पेसमेकर मुटुलाई कृतिम चाल दिने यन्त्र हो ।
हाल शाहलाई निगरानीका निम्ति अस्पतालको २००० नम्बर बेडमा राखिएको स्रोतले जनाएको छ ।


















प्रतिक्रिया