Logo

समाचार

हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न पत्राचार



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोकी पठाउन पत्रचार गरेको छ ।

मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि कार्यालय र अस्पताल र निकायलाई फोकल पर्सन तोकेर पठाउन परिपत्र गरेको हो ।

मन्त्रालयले सरकारको एकसय कार्यसूचीहरूमध्ये २५ नम्बरमा रहेको हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक सरकारको प्लेटफर्मको रुपमा विकास गर्ने तथा एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति रियल टाइममा अनुगमन गर्ने नीतिअनुसार फोकल पर्सन तोक्ने निर्देशन दिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १४:१६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।