काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.८२ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ ।
आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ ।
आज ८ अर्ब ८१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको ३५ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३० करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सूर्यकुण्ड र रिज लाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।


















प्रतिक्रिया