Logo

अन्तर्राष्ट्रिय

ऊर्जा लागत घटाउन मलेसियामा सरकारी कर्मचारीलाई ‘वर्क फ्रम होम’ निर्देशन



क्वालालम्पुर । मलेशियाको सरकारले ऊर्जाको खर्च घटाउने उद्देश्यले सरकारी कर्मचारीहरूलाई घरबाट काम (वर्क फ्रम होम) गर्ने नयाँ नीति लागू गर्ने भएको छ ।

प्रधानमन्त्री अनवर इब्राहिमले आगामी अप्रिल १५ देखि सरकारका मन्त्रालय, निकाय तथा सरकारसम्बद्ध कम्पनीहरूमा कार्यरत कर्मचारीका लागि यो व्यवस्था लागू हुने जानकारी दिएका छन् ।

‘यसको मुख्य उद्देश्य इन्धन खपत घटाउनु र ऊर्जा आपूर्तिको दिगोपना सुनिश्चित गर्नु हो,’ प्रधानमन्त्री अनवरले गए राति जारी गरेको वक्तव्यमा उल्लेख छ ।

उनका अनुसार, नीतिसम्बन्धी थप विवरण आगामी हप्ताहरूमा सार्वजनिक गरिनेछ ।

साथै, सरकारी स्वामित्वको तेल कम्पनी पेट्रोनास लगायत अन्य निकायहरूले इन्धन र विद्युत् आपूर्ति सुरक्षित गर्न सक्रिय रूपमा काम गरिरहेका छन् ।

मलेसियाले इन्धनको मूल्य स्थिर राख्न हाल मासिक करिब १ अर्ब डलर बराबरको अनुदान खर्च गर्दै आएको छ ।

नयाँ नीतिले ऊर्जा खपत घटाउन र आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार ०९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।