Logo

अर्थ

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा



काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आवका लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकले एक सूचना जारी गर्दै गत पुस २१ गते सम्पन्न बैंकको २४औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।

बैंकले चैत १८ गतेदेखि उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

बैंकले भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १०:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।