Logo

बैंकिङ

ब्रम्हज्योति होल्डिङ्सको आईपीओ बिक्री प्रवन्धकमा प्रभु क्यापिटल



काठमाडौं । ब्रम्हज्योति होल्डिङ्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
यस सम्बन्धी सम्झौतामा ब्रम्हज्योति होल्डिङ्स लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक राम प्रसाद पाण्डे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका थिए।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत हुन आउने १४ लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।
कम्पनीले बाग्लुङ र गुल्मी जिल्लामा जलविद्युत परियोजनाहरु निर्माणका साथै देशका विभिन्न क्षेत्रमा कृषि तथा होटेल र रिसोर्ट सञ्चालनमा ल्याएको छ।

 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार ०९:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।