Logo

अर्थ

तोलामा २ हजार ६ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार ११:११   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।