Logo

प्रमुख समाचार

ओली निवास गुण्डुमा प्रहरीको खानतलासी



काठमाडौं। ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा प्रहरीले खानतलासी लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओली निवासमा गएराति खानतलासी लिएको बताइएको छ ।

सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेलगत्तै ओली निवासमा भएको खानतलासीलाई विशेष चासोको रुपमा हेरिएको छ ।

थप केही प्रमाण फेला पारेर ओलीलाई अर्को मुद्दामा थुन्न सकिन्छ कि भन्ने नियतले खानतलासी लिइएको हुन सक्ने एमालेका एक नेताले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १९:३५   :  बजे

525
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।