Logo

राजनीति

सांसद हमालको प्रश्न : प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद?



काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच विभेद रहेको बताएकी छिन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

उनले भनिन्, प्रत्येक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच किन विभेद ? प्रधानमन्त्री ज्यूबाट प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपातिक निर्वाचन प्रणालीबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार १४:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।