काठमाडौं । उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् ।
उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिए ।
सङ्घीय संसद सचिवालयले निर्वाचनको विस्तृत कार्यतालिका आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।




















प्रतिक्रिया