काठमाडौं । आज पनि सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ४८.७१ अंकले बढेर २,८५१ को विन्दुमा कायम भएको छ ।
आज २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मात्रै घटेको छ ।
आज ९ अर्ब ९१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रो र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया