काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ५ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो ।
बुधबार मात्रै २५ अर्ब रुपैयाँ बराबरको ५६ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको बैंकले शुक्रबार भने अवधि घटाएर खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार बिहीबारसम्ममा वित्तीय प्रणालीमा करिब ५२ अर्ब तरलता रहेको छ ।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।





















प्रतिक्रिया