Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ९९ करोडमाथिको कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.४६ अंकले घटेर २,८३७.७७ को विन्दुमा कायम भएको छ ।

आज ५६ कम्पनीकाे सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ९९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । रिलायन्स स्पीनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै भुजुङ हाइड्रोपावर कम्पनी, सुपर खुदी, होटल फरेष्ट र पाल्पा सिमेनटका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार १५:१३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।