काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूले धोका नदिएको बताएका छन् ।
सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कयौं सहकार्य बाँकी नै रहेको बताए ।
हिजो राप्रपाका संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेसँग कुरा भएर आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको बताएका थिए ।
त्यसबारे सोधिएको प्रश्नमा उनले भने, ‘ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो । उहाँ सधैँ साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कयौँ सहकार्य गर्न बाँकी नै छ । एउटा माघले कहाँ जाडो जान्छ ।?’
उनले उपसभामुखबारे राप्रपासहित सबै राजनीतिक संवादहरू हुने संवादलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।





















प्रतिक्रिया