काठमाडौं । वाणिज्य बैंकहरूले अब सडक उपभोग दस्तुर संकलनका लागि प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै ‘क’ वर्गका वाणिज्य बैंकलाई चिप–आधारित प्रिपेड कार्ड जारी गर्ने अनुमति दिएको हो।
निर्देशनअनुसार, नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डमा सञ्चालन हुने सवारीसाधनबाट टोल शुल्क उठाउने उद्देश्यले बैंकहरूले आरएफआईडी (RFID) चिपमा आधारित प्रिपेड ट्याग वा कार्ड जारी गर्न सक्नेछन्।
यस व्यवस्थासँगै सडक शुल्क संकलन प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया