Logo

अर्थ

मेची इन्डस्ट्रिजको आईपीओ आउने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट



काठमाडौं । मेची इन्डस्ट्रिजले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।

यससम्बन्धी सम्झौतामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार भण्डारी र मेची इन्डस्ट्रिजका अध्यक्ष पवन घिमिरेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता सेयर जारी गर्दै १५ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार १९:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।