काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र पाँच कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता भएको छ।
योग्य संस्थागत लगानीकर्तालाई लक्षित गर्दै शिलबन्दी बोलपत्रमार्फत शेयर बिक्री प्रक्रिया सञ्चालन गर्न सम्झौता गरिएको हो।
सम्झौत गर्ने कम्पनीहरुमा नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल्स र पूर्वाञ्चल ल्युब आयल रहेका छन्।
बुक बिल्डिङ विधिमार्फत नर्भिक इन्टरनेसनल हस्पिटलले ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टिल्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछन्।





















प्रतिक्रिया