Logo

विविध

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोडबराबरको क्षति



धनुषा। मिथिला नगरपालिका–७ ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ।

गए राति भएको आगलागीबाट १५ करोड रुपैयाँबराबरको क्षति भएको रिफाइनरीका प्रबन्धकले जानकारी दिए। रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन्।

आगो जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो।

क्षतिको पूर्ण विवरण संकलन गर्न अझै केही दिन लाग्ने ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकले बताए। आगलागीको कारण खुलेको छैन।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार ०९:१२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।