Logo

अर्थ

एटीएमबाट अब एकपटकमा २० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकहरूले एटीएम (एटिएम) कार्डमार्फत गर्ने नगद कारोबारको सीमामा कडाइ गरेको छ। राष्ट्र बैंकले हालै जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत नगद झिक्ने सीमा तोकेको हो।

नयाँ व्यवस्थाअनुसार अब बैंकका ग्राहकहरूले आफ्नो कार्ड प्रयोग गरी एक दिनमा अधिकतम ५० हजार रुपैयाँभन्दा बढी नगद झिक्न पाउने छैनन् ।

निर्देशनअनुसार डेबिट कार्डमार्फत एटीएमबाट प्रति कारोबार न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम २० हजार रुपैयाँसम्म नगद झिक्न सकिनेछ भने दैनिक रूपमा अधिकतम ५० हजार रुपैयाँकाे सीमा ताेकिएकाे छ।

यसअघि कतिपय बैंकहरूले आफ्ना ग्राहकलाई एक दिनमा १ लाख रुपैयाँसम्म झिक्न पाउने सुविधा दिँदै आएका थिए। तर, राष्ट्र बैंकले वित्तीय जोखिम न्यूनीकरण र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रीय बैंकले यो सीमा घटाएको हो।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार १०:१९   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।