काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोला १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कायम भएकाे छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो ।





















प्रतिक्रिया