काठमाडौं । नेपाल–यूएई टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपालले आफ्नो टिम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।
यस्तै, टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।
यस्तै, सन्तोष यादव र हेमन्त धामी पनि टी-२०आई टोलीमा स्थान बनाएका छन् ।
क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।





















प्रतिक्रिया