Logo

प्रमुख समाचार

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वाेहरा नियुक्त



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक वोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्ताे निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए ।

अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग भएका कारण उक्त पद रिक्त रहेको थियो ।

पार्टीले प्रवासमा रहेका नेपालीसँग समन्वय र संगठन विस्तारलाई थप प्रभावकारी बनाउन वोहरालाई जिम्मेवारी दिएको जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार १९:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।