Logo

समाचार

स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट



काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक आर्नो काउचोइसले आज शिष्टाचार भेट गरेका छन्।

खानेपानी मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। भेटवार्तामा स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा हाल भइरहेका क्रियाकलाप र आगामी कार्यक्रमको बारेमा छलफल भएको उनले बताए।

साथै, उनले कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका सवल पक्ष एवं भविष्यका सम्भावनाबारे छलफल भएको जानकारी दिए।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार २०:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।