काठमाडौ ।सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालले कार्यभार सुरु गरेका छन् ।
अध्यक्ष ढकालले शनिबार बंगलादेशका रेल तथा संसदीय मामिलामन्त्री शेख रविउल आलमसमक्ष शपथ लिँदै आफ्नो जिम्मेवारी सुरुवात गरेका हुन् ।
ढकाले २०२६–२०२८ सम्मको कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । कार्यभार सम्हालेपछि अध्यक्ष ढकालले दक्षिण एसियाको समृद्धिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (सार्क सीसीआई) नयाँ र आशाजनक अध्यायमा प्रवेश गरेको बताउँदै उनले दक्षिण एसियाभरि आर्थिक सहयोग, क्षेत्रीय कनेक्टिभिटी र निजी क्षेत्रको नेतृत्वमा एकीकरणप्रति सार्क सीसीआईको स्थायी प्रतिबद्धतालाई पुष्टि गर्ने दाबी गरे।




















प्रतिक्रिया