Logo

शेयर बजार

सोपान फर्मास्यूटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं  ।सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरेको हो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर हुन्छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सर्वसाधारणले वैशाख ६, २०८३ सम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि वैशाख १६ सम्म लम्बिन सक्ने जनाइएको छ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

आईपीओका लागि गरिएको मूल्यांकनमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

कम्पनीका अनुसार साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष र डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। यस्तै, कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ र आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार १०:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।