Logo

अर्थ

३ ठाउँको शाखा मर्ज गर्दै नबिल बैंक



काठमाडाैं । नबिल बैंकले काठमाडौंको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन नयाँ बानेश्वर क्षेत्रमा रहेका तीन वटा शाखाहरूलाई एउटैमा समायोजन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

बैंकको पछिल्लो निर्णयअनुसार हाल सञ्चालनमा रहेका बिजुलीबजार र शंखमुल शाखाहरू आगामी वैशाख २१ गतेदेखि बन्द भई नयाँ बानेश्वर शाखामा गाभिनेछन्।

दुवै शाखाका सम्पूर्ण ग्राहक खाता तथा लकर सुविधाहरू पनि स्वतः नयाँ बानेश्वर शाखामै स्थानान्तरण हुने बैंकले जनाएको छ।

साथै, लकर सेवा प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना बहुमूल्य वा टुटफुट हुन सक्ने सामानहरू वैशाख १७ गते बिहीबारसम्ममा सुरक्षित रूपमा निकालिसक्न समेत बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आईतवार १२:०३   :  बजे

468
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।