Logo

समाचार

स्थानीय तहको संरचना र कार्यशैली ठिक छैन: ज्ञानेन्द्र शाही



काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले स्थानीय तहको संरचना र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।

आइतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बाेल्दै स्थानीय तहको प्रशासकीय अधिकृत नियुक्तिका लागि संघीय सरकारका मन्त्रीको ढोकामा पुग्नुपर्ने बाध्यता रहेको भन्दै स्थानीय तह पार्टीका कार्यकर्ता भर्ती गर्ने केन्द्रजस्तो बनेको आरोप लगाए ।

शाहीले भने, ‘आज स्थानीय तहको प्रशासकीय अधिकृत नियुक्तिको लागि संघीय सरकारको मन्त्रीको ढोकामा आउनुपर्ने बाध्यता छ, स्थानीय तह पार्टीका कार्यकर्ता भर्ति गर्ने केन्द्र जस्तो भएको छ । आज एउटा गाउँपालिकामा २ सयदेखि ३ सयसम्म कर्मचारी छन् । २० करोड बजेट गयो भने १० करोड तलबमै जान्छ । सबै मिलेर लुट्न बनाएको भने भइहाल्यो त, होइन भने के बनाएको यस्तो ? स्थानीय तहलाई नियमन गर्ने निकाय खै ?’

उनले वर्तमान सरकारले संसद प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सत्ता पक्षले संसदबाट भाग्ने काम नगर्न आग्रह गरे । ‘ल्याउनुस् विधेयक, छलफल गरौं । सुकुम्बासीको समस्या छ । सरकारको काम नक्कली सुकुम्बासीलाई कानुनी दायरामा ल्याएको छ, हामीले खुलेर प्रशंसा गरेका छौं। तर जो वास्तविक सुकुम्बासी छन्, उनीहरू पनि यो देशका नागरिक हुन्,’उनले भने ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आईतवार १६:४९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।