काठमाडौं । दुगड अर्थमुभर्स प्रा.लि.ले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडसँगको सहकार्यमा “हाइड्रो पावर कस्टमर मिट” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा हाइड्रो परियोजना सञ्चालक, ठेकेदार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा टाटा हिटाचीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू जयकारा काल्माडी (एक्सपोर्ट हेड), सौरभ गुप्ता (सार्क कन्ट्री हेड) र गोपी नाथ (एक्सपोर्ट एडमिन) सहभागी थिए ।
उद्घाटन एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले स्वागत मन्तव्यसहित गर्दै नेपालका हाइड्रो परियोजनामा दिगो सहकार्यको आवश्यकता औंल्याउनुभयो भने कार्यकारी निर्देशक शुभम दुगडले समूहको व्यवसायिक पोर्टफोलियोबारे प्रस्तुति दिनुभयो । प्राविधिक सत्रमा टाटा हिटाचीका इतिहास, अन्तर्राष्ट्रिय उपलब्धि, एक्स्काभेटर र ब्याकहो लोडरको उपयोग, कार्यक्षमता तथा फाइदाबारे विस्तृत जानकारी दिइयो। साथै हाइड्रो निर्माण कार्यका लागि उपयुक्त मेसिनबारे व्यापार प्रमुख निरज सापकोटाले जानकारी गराउनुभयो। कार्यक्रममा टाटा हिटाची उपकरणहरूको विश्वसनीयता, टिकाउपन र कठिन भौगोलिक अवस्थामा उत्कृष्ट प्रदर्शन मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो ।
समापन एमभी दुगड समूहका उपाध्यक्ष विवेक दुगडले धन्यवाद ज्ञापनसहित गरे । कार्यक्रममा सिनराइज पावर ब्याकहो लोडर, एक्स २१५ क्वारी एक्स्काभेटर र जेडएक्स २२० एलसी अल्ट्रा एक्स्काभेटर प्रदर्शनमा राखिनुका साथै विशेष वारेन्टी योजना पनि उपलब्ध गराइएको थियो । उक्त कार्यक्रमले अनुभव आदान–प्रदान, सहकार्य विस्तार तथा भविष्यका अवसर पहिचानमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।




















प्रतिक्रिया