Logo

समाचार

राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने



काठमाडौं । तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ आज शिलान्यास हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका ४ मा उद्यान शिलान्यास गर्न लागेका हुन् । त्यसका लागि उनी आज ११ बजेपछि तनहुँ जाने कार्यक्रम छ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित ‘भानु साहित्य उद्यान’ निर्माण गर्न लागिएको हो ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८१ सालमा सार्वजनिक गरेको बजेट वक्तव्यमा तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने उल्लेख छ ।

नगरपालिकाका प्रवक्ता ईश्वरबहादुर घिमिरेका अनुसार सरकारले विनियोजन गरेको २० करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार १०:३५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।