Logo

अर्थ

एनआईसी एशियालाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति



काठमाडौं । एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ। बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो।

राष्ट्र बैंकले बैशाख १७ गते हकप्रद सेयर निष्काशनका लागि पूर्व-स्वीकृति प्रदान गरेको हो ।

हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेस हुनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि मात्र उक्त अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढ्नेछ ।

बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार ११:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।