Logo

समाचार

बाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु



बाजुरा। बाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु भएको छ।

बाजुराकाे बुढीनन्दा नगरपालिका–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाकाे मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्।

उनका अनुसार,पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताएका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार १८:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।