Logo

प्रमुख समाचार

यो वर्षको मनसुनमा अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, गर्मी बढी हुने



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।

विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।

कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारीअनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि यो विभिन्न भेगमा फरक–फरक छ ।

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

देशका बाँकी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको मौसमविद हुमागाईंले जानकारी दिए ।

यो प्रक्षेपण आगामी जेठ १८ गतेदेखि असोज १४ गतेसम्म अवधिको हो ।

यही अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ ।

मौसमविद हुमागाईंका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तर–पूर्वी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ ।

यसैगरी कोशी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको अनुमान छ ।

अधिकतम तापक्रमको आँकलन
विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहको छ । सुदूरपश्चिम प्रदेशका उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश पश्चिमि भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने संभावना ५५ देखि ६५ प्रतिशत रहेको छ।

कोशी प्रदेशका मध्य भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने संभावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रमको आँकलन
न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको छ (चित्र ३)। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका उत्तरी भू-भागहरु, मधेश प्रदेशका पूर्वी भू-भाग र कोशी प्रदेशका दक्षिणी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भाव ५५% देखि ६५% रहेको छ ।

कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका दक्षिणी भू-भागहरु, मधेश प्रदेशका मध्य भू-भाग र कोशी प्रदेशका मध्य तथा उत्तरी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५% देखि ५५% रहेको छ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार १६:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।