काठमाडौं । नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सले यस सिजनका लागि आफ्नो कुलिङ पोर्टफोलियोमा नयाँ उचाइ कायम गरेको छ। ठूला व्यावसायिक प्रतिष्ठानहरूका लागि ३ शक्तिशाली कमर्सियल कूलर सार्वजनिक गरेको केही समयमै बर्लीले अब घरेलु र व्यक्तिगत प्रयोगका लागि थप १ नयाँ डेजर्ट र १ नयाँ पर्सनल कूलर बजारमा ल्याएको छ।
यो नयाँ लन्चसँगै बर्ली अब कुल २२ वटा एयर कूलर मोडलहरूका साथ नेपालकै सबैभन्दा विस्तृत र विविध रेन्ज भएको ब्रान्ड बन्न सफल भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स (CG Electronics) ले उपभोक्ताको हरेक आवश्यकता र बजेटलाई ध्यानमा राख्दै यी उत्पादनहरू उपलब्ध गराएको हो।
नयाँ थपिएका मोडलहरू:
१. Polo – 55L BLUE (डेजर्ट कूलर)
विशेषता: मध्यम तथा ठूला कोठाहरूका लागि डिजाइन गरिएको यो ५५ लिटर क्षमताको डेजर्ट कूलरले शक्तिशाली कुलिङका साथै घरको इन्टेरियरमा प्रिमियम र आधुनिक लुक्स थप्नेछ।
२. Pride – 45L (पर्सनल कूलर)
विशेषता: पर्सनल प्रयोग र अफिस क्याबिनका लागि यो ४५ लिटर क्षमताको कूलर सबैभन्दा उपयुक्त र कम्प्याक्ट विकल्प हो। यसले अत्यन्तै कम आवाजमा प्रभावकारी शीतलता प्रदान गर्दछ।
२२ मोडलको विरासत र प्रविधि
बर्लीले अहिले बजारमा पर्सनल, डेजर्ट, टावर र कमर्सियल (१०० देखि १३५ लिटरसम्म) गरी कुल २२ वटा फरक–फरक भेराइटीहरू उपलब्ध गराएको छ। यी सबै कूलरहरूमा निम्न अत्याधुनिक विशेषताहरू रहेका छन्:
-४–तर्फी कुलिङ (4-Way Cooling): भर्टिकल र होरिजन्टल एयर फ्लो (स्वचालित लुभर्स) मार्फत हावालाई चारै दिशामा फैलाएर कोठाको कुना–कुनासम्म समान शीतलता।
-Anti-Fungal Triple Layer Honeycomb Pads: तीन तहको विशेष हानीकम प्याड, जसले लामो समयसम्म तीव्र शीतलता दिनुका साथै ढुसी (Fungal) लाग्नबाट बचाउँछ।
-Ice Chamber: अझ बढी चिसो हावाको अनुभूति गर्नका लागि छुट्टै बरफ राख्ने विशेष चेम्बरको व्यवस्था।
-Inverter Compatible: बिजुली कटौती भएको समयमा पनि घरको इन्भर्टरबाट सहजै चलाउन सकिने गरी डिजाइन गरिएको।
-Low Noise Operation: शक्तिशाली एयर–थ्रो भए तापनि काम वा निद्रामा बाधा नपुग्ने गरी अत्यन्तै कम आवाजमा चल्ने।
-Robust Body: आकर्षक फिनिसिङका साथै लामो समयसम्म टिक्ने मजबुत र ‘शक्–प्रुफ’ (Shock-proof) बडी।
-स्वस्थ हावा र बिजुली बचत: एन्टी–ब्याक्टेरियल फिल्टरले हावा स्वच्छ राख्छ भने एयर कन्डिसनर (AC) को तुलनामा ८०% सम्म कम बिजुली खपत हुन्छ।
सीजी इलेक्ट्रोनिक्सका प्रवक्ताले भने, ‘हामीले छोटो समयमै कूलर बजारमा जुन आक्रामक विस्तार गरेका छौँ, त्यसले बर्लीप्रतिको ग्राहकको विश्वासलाई झल्काउँछ। ३ शक्तिशाली कमर्सियल जायन्ट लगत्तै १ डेजर्ट र १ पर्सनल कूलर थपिनुले हामी नेपाली ग्राहकका सानो कोठादेखि विशाल हलसम्मका हरेक आवश्यकता पुरा गर्न सक्षम छौँ भन्ने प्रमाणित गर्छ।’





















प्रतिक्रिया