Logo

अर्थ

नेपाल बैंकद्धारा ‘घडेरी कर्जा’ योजना सार्वजनिक



काठमाडौं । नेपाल बैंकले सर्वसाधारणका लागि ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ ।

जग्गा खरिद गरी आफ्नै घर बनाउने सपना देख्ने ग्राहकहरूलाई लक्षित गर्दै बैंकले यो विशेष कर्जा सुविधा ल्याएको हो ।

‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस योजनाअन्तर्गत ग्राहकले अब सहज रूपमा जग्गा खरिदका लागि ऋण प्राप्त गर्न सक्नेछन् ।

यस कर्जा योजनाको सबैभन्दा मुख्य विशेषता यसको लामो भुक्तानी अवधि हो । बैंकका अनुसार ग्राहकले लिएको कर्जा अधिकतम २० वर्षभित्र भुक्तानी गर्न सक्ने सुविधा दिइएको छ, जसले गर्दा मासिक किस्ताको भार कम भई मध्यमवर्गीय परिवारलाई जग्गा जोड्न सहज हुने देखिन्छ ।

यसका साथै, बैंकले अत्यन्तै सरल र झन्झटमुक्त प्रक्रियाबाट सुलभ ब्याजदरमा यो कर्जा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सेवा देशभर रहेका आफ्ना सम्पूर्ण शाखाहरूबाट उपलब्ध गराउने बताएको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार १३:४०   :  बजे

642
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।