काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले कामु प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाललाई नियुक्त गरेको छ ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। हाल ढकाल बैंकमा नायब सीईओका रुपमा कार्यरत छन् ।
स्मार्ट टेलिकम प्रकरणमा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे प्रहरी नियन्त्रणमा छन् । सीईओ पाण्डे अनुसन्धानका क्रममा रहेकोले उनले सम्पादन गर्ने बैंक सञ्चालनसम्बन्धी सम्पूर्ण गर्ने गरी कामु सीईओका रुपमा ढकाललाई अख्तियारी प्रदान गरिएको बैंकका प्रमुख वित्त तथा योजना विभागका प्रमुख सचिन टिवरेवालले जानकारी दिए ।




















प्रतिक्रिया