Logo

अर्थ

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’लाई शैक्षिक सामग्री वितरण



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोगँबमार्फत “हाम्रो बाल संरक्षण धरोहर नेपाल”मा रहेका अनाथ र असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी.देखि १० सम्मका २८ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै संस्थापक अर्यालले संस्थाका अनाथ र असहाय बालबालिकाहरुको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

उनले बैंकद्वारा गरिएको सहयोगले बालबालिकाहरुको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए । यस अवसरमा बालबालिकाहरूले खुशी र उत्साह व्यक्त गर्दै बैंकप्रति आभार व्यक्त गरेका छन् ।

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनहरूमा पनि यस प्रकारका सामाजिक र शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । यसले समाजमा शिक्षा तथा बालबालिकाको विकासमा थप योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार ११:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।