Logo

अर्थ

कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ विद्यार्थीलाई स्कूल ब्याग वितरण



काठमाडाैं । कृषि विकास बैंकले हरेक वर्ष जस्तै यस वर्षपनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गरेको छ ।

यसै सन्दर्भमा मिति २०८३ साल जेष्ठ ७ गते विहिवारका दिन मण्डन देउपुर नगरपालीका वडा नं. ८ मा रहेको डेडी थुम्का माध्यमिक विद्यालयमा रहेका सम्पुर्ण २३२ वालवालीकाका लागी स्कुल व्याग वितरण गरेको छ ।

उक्त स्थानमा रहेको विद्यालयलमा स्थानीय दनुवार, गरीव तथा सिमान्तकृत समुदायका वालवच्चा अध्ययन गर्दछन् । गरीव तथा असाहय परिवारका वालवालीका अध्ययन गर्ने उक्त विद्यालयमा यस प्रकारको श्रोतको अभाव रहेको र यो सहयोगबाट विद्यार्थी लाभान्वित भएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रम विद्यालयको प्राङ्गणमा भएको थियो । विद्यालयमा सहयोग हस्तान्तरण कार्यक्रमको मुख्य आतिथीको आथित्यता मण्डन देउपुर नगरपालीकाका मेयर टोक वहादुर वाइवाले गरे । मण्डन देउपुर नगरपालीकाका वासिन्दाहरुको मुख्य श्रोत कृषि आम्दानी भएको र कृषि विकास बैंकसँगको सहकार्य नगरपालीकाका लागी फलदायी हुने विश्वास व्यक्त गरे ।

बैंकले विद्यालयलाई सहयोग हस्तान्तरण गरेकोमा खुशि व्यक्त गर्दै कृषक तथा कृषि कार्यमा समेत सहजिकरण गरी सहकार्य गर्न अनुरोध समेत गरे। मण्डन देउपुर नगरपालीका कृषिको मुख्य केन्द्र भएको र देशको राजधानीका लागि हरियो साग सब्जी आपुर्ती गर्ने मुख्य क्षेत्र रहेको कुरा समेत उल्लेख गरे ।

कार्यक्रममा बैंकका संचालक विनोद कुमार गुरागाईले व्याग हस्तान्तरण गर्दै गरीव तथा जेहेन्दार विद्यार्थिहरुका लागि शैक्षिक सामाग्री हस्तान्तर गर्न पाउदा बैंक गौरवान्वीत भएको र सधै यस प्रकारको कार्य गर्न उत्सुक रहेको कुरा उल्लेख गरे ।

विद्यालय परिवार, विद्यार्थी, अविभावक, स्थानीय निकाय, विद्यालय व्यवस्थापन समिति सदस्य लगायत समाजसेवामा समर्पित समुदायका अगाडी यस प्रकारको पुण्य काम गर्दा बैंकको शाख वृद्धि भएको र बैंकलाई ग्राहक सेवामा थप हौसला प्रदान भएको कुरा समेत उल्लेख गरे । विद्यालयसँग दिर्घकालीन समझदारी गरी गरिव विद्यार्थीको दक्षता वृद्धिका लागि थप कार्य गर्न उत्सुक रहेको कुरा समेत व्यक्त गरे ।

बैंकका उपमहाप्रवन्धक सुशील हुमागाईले मन्तव्य व्यक्त गर्दै बैंकले विद्यालयका विद्यार्थीका लागि यस प्रकारको शैक्षिक सामाग्रि हस्तान्तरण कार्यक्रममा विद्यार्थीको उत्साहपुर्वक सहभागीता सामाग्री प्राप्त गर्ने उत्सुकता र आवश्यकता देख्दा बैंकले सहि स्थान छनौट गरेकोमा खुसी व्यक्त गरे । सहयोगको लागी यस प्रकारको कार्यालय र स्थान छनौटमा सहभागी व्यक्तिलाई धन्यवाद व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अनिल सापकोटाले विभिन्न श्रोत संकलन गरी विद्यालयका लागि कार्य गर्न पाँउदा खुसी व्यक्त गरे ।

कार्यक्रममा नगरपालीकाका उपमेयर विष्णु मणि नेपाल, कृषि विकास बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख विना शर्मा, कृषि विकास बैंक, वागमती प्रदेश कार्यालयका निर्देशक चन्द्र सिं थापा, कृषि विकास बैंक, पाँचखाल शाखाका प्रवन्धक विनोद कोईराला लगायत अन्य व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १९:०२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।