Logo

बैंकिङ

तिनाउ मिसन बैंकको साभारणसभा आज हुँदै 



तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आज साधारण सभा गर्दैछ । बैंकको कार्तिक १७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको सभा बैंकको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो । 
बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत भई आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट वितरण गरिएको १२ प्रतिशत बोनस पश्चात र साविकको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकलाई प्राप्ति पछि संस्थापकतर्फ ६३.३३ प्रतिशत र सर्वसाधारण तर्फ ३.६७ प्रतिशत शेयर स्वामित्व कायम भएकोले नेपाल राष्ट्र बैंकले शेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संशोधनको गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको हो । संशोधनपछि संस्थापक समूहको ५३.३३ र सर्वसाधारण समूहको ४६.६७ प्रतिशत हुनेछ ।

यसका साथै सभामा स्वीकृत गरिएको प्रस्तावित प्रबन्धपत्रको संशोधन कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट स्वीकृत गराउनका लागि आवश्यकता अनुसार सोमा थपघट गर्न वा सच्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त कार्तिक २६ गते, बुधबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । त्यसैले, कार्तिक २५ गते,मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्ने जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार ११:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।